काठमाडौं । आज नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९० हजार रुपैयाँ रहेकोमा आज सोमबार २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य तोलामा १४० रूपैयाँले बढेर ५ हजार १५० रुपैयाँ पुगेको छ ।

