२०८३ असार २८ | ११:१० AM
चिरख्वा हाइड्रोपावरको हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

चिरख्वा हाइड्रोपावरको हकप्रद सेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

लगानीबक्स २०८३ जेठ १३ २:४१ अपराह्न

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापन कार्यका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको होे । उक्त सेयर निष्कासनबाट कम्पनीले कुल ४० करोड बराबरको पुँजी संकलन गर्ने जनाएको छ ।

यस सम्बन्धमा चिरख्वा हाइड्रोपावर लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच यही जेठ छ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दीपक राई तथा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक संस्था हो । कम्पनीले धितोपत्र निष्कासन, बिक्री व्यवस्थापन तथा मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।