काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय १५ रुपैयाँले घट्दै ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

