काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब भत्ता २१ प्रतिशतले बढेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिने जनाएका हुन् ।
उनका अनुसार विगत ४ वर्षदेखि सरकारी कर्मचारीको तलब नबढेकाले यस पटक बढाइएको हो । जसअनुसार बेसिक तलबमा १० प्रतिशत वृद्धि गरिने उनले बताए । १० प्रतिशतले मासिक भत्ता पनि बढाइएको उनले जनाएको छन् ।उनका अनुसार अब कर्मचारीकाे न्यूनतम तलब ४० हजार पुगेकाे छ ।

