२०८३ असार २८ | १:३३ PM
राजस्व चुनौतीबीच २१ खर्ब २४ अर्बको महत्त्वपुर्ण  बजेट

राजस्व चुनौतीबीच २१ खर्ब २४ अर्बको महत्त्वपुर्ण  बजेट

लगानीबक्स २०८३ जेठ १५ ६:३६ अपराह्न

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन । पछिल्ला वर्षहरूमा राजस्व संकलनको दर निरन्तर कमजोर बन्दै गएको चुनौतीपूर्ण अवस्थामा पनि सरकारले १४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलन हुने आधार प्रस्तुत गर्दै महत्त्वाकांक्षी आकारको बजेट ल्याएको हो। यो बजेट चालु आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको विनियोजनभन्दा ठूलो हो।

खर्चतर्फको विनियोजन

कुल २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमध्ये विभिन्न शीर्षकमा खर्च विनियोजन गरिएको छ। चालु खर्चतर्फ आगामी वर्षका लागि [चालु खर्चको अङ्क यहाँ राख्नुहोस्] छुट्याइएको छ। चालु आर्थिक वर्षमा यस शीर्षकमा १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

त्यसैगरी, विकास निर्माण तथा पूर्वाधारका कार्यक्रमका लागि पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब  विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको थियो।

वित्तीय व्यवस्थापनतर्फ आगामी वर्षका लागि वित्तीय व्यवस्थापन खर्च ४ खर्ब २२  अर्ब  विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा यस शीर्षकमा ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याइएको थियो।

तर, चालु आर्थिक वर्षको खर्च कार्यान्वयन अवस्था हेर्दा सरकारको खर्च गर्ने क्षमता कमजोर देखिएको छ। १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमध्ये हालसम्म १२ खर्ब ५२ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

स्रोत व्यवस्थापन

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सरकारले विभिन्न स्रोतबाट रकम जुटाउने लक्ष्य लिएको छ। राजस्वतर्फ सरकारले १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने अनुमान गरेको छ। जबकि चालु आर्थिक वर्षमा राजस्व बाँडफाँटपछिको १३ खर्ब १५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९ खर्ब रुपैयाँसमेत उठ्न सकेको छैन।

वैदेशिक अनुदानतर्फ आगामी वर्षका लागि ६१ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा ५३ अर्ब ४५ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म २० अर्ब ७७ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ।

त्यसैगरी, वैदेशिक ऋणतर्फ आगामी वर्षका लागि २ खर्ब ४७ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा २ खर्ब ३३ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखिए पनि हालसम्म ६६ अर्ब रुपैयाँ मात्रै प्राप्त भएको छ।

आन्तरिक ऋणतर्फ सरकारले आगामी वर्षका लागि ४ खर्ब १० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा हालसम्म २ खर्ब ९८ अर्ब रुपैयाँ संकलन गरिएको छ।