मंगलबार, ९ भदौ २०८३ | ६:०१ PM
विद्यालयका विद्यार्थीबाट उठ्ने शुल्क दलित विद्यार्थीको पोषण भत्तामा खर्च हुने…

विद्यालयका विद्यार्थीबाट उठ्ने शुल्क दलित विद्यार्थीको पोषण भत्तामा खर्च हुने : अर्थमन्त्री डा.वाग्लेले

लगानीबक्स १७ जेठ २०८३ ६:०६ अपराह्न

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट उठाइने अतिरिक्त शुल्क दलित विद्यार्थीको पोषण भत्तामा खर्च गरिने बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले तिर्ने २ देखि ३ हजार रुपैयाँ शुल्कमा थप करिब ६० रुपैयाँ मात्र योगदान गर्नुपर्ने बताए ।

उनका अनुसार उक्त रकम ‘इक्विटी कोष’मा जम्मा हुनेछ र त्यसैमार्फत दलित बालबालिकाको पोषण कार्यक्रममा खर्च गरिनेछ। सरकारले ३ लाख १३ हजार ७५३ जना दलित विद्यार्थीलाई प्रदान गरिँदै आएको पोषण भत्ता दोब्बर बनाएको पनि उनले जानकारी दिए।

अर्थमन्त्री वाग्लेले सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै कमजोर तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक पहुँच र पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए ।