२०८३ असार २८ | ९:३५ AM
अप्पर स्याङ्गे हाईड्रोपावरको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन…

अप्पर स्याङ्गे हाईड्रोपावरको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन असार २१ गते सकिने 

लगानीबक्स २०८३ जेठ १९ १२:५१ अपराह्न

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको कुल १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि आगामी असार २१ गतेपछि सकिने भएको छ । कुल कित्ता शेयरमध्ये संस्थापक तर्फको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको २ लाख २० हजार कित्ता र कर्मचारीतर्फको १३ हजार कित्ता शेयर रहेको छ । लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरुले यी शेयर कारोबार गर्न सक्नेछन् । यी शेयर धारण गर्ने कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने शेयर रोक्कानै रहनेछ ।

उल्लेखित शेयर सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मिति २०८० साल असार २२ गतेदेखि तीन वर्षका लागि लकइनमा रहेका थिए । दोस्रो बजारमा हाल कम्पनीको कुल २२ लाख कित्ता शेयर सूचीकृत छ । सर्वसाधारणमा ३९ दशमलव ५५ प्रतिशत र संस्थापकमा ६० दशमलव ४५ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।