काठमाडौं । नेपाल बैंक र मेडर्म क्लिनिक्सबीच ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंको दरबारमार्गस्थित मेडर्म क्लिनिक्सबाट प्रदान गरिने विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा नेपाल बैंकका बजार व्यवस्थापन तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेडर्म क्लिनिक्सका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार उक्त सहकार्यले ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउँदै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, ग्राहक सेवा सुधार तथा आधुनिक प्रविधिको प्रयोगमार्फत आफ्नो सेवा सञ्जाल थप सुदृढ बनाउँदै लगेको जनाएको छ।

