काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य स्थिर रहँदै तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनक मुल्य सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ५३७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५४०५ मा कारोबार भएको थियो ।

