काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको भाउ घटेको छ। बिहीबार तोलामा दुई हजार एक सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला पाँच हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

