२०८३ असार २८ | १२:१० PM
आज सुनचाँदीको मुल्य कति छ ?

आज सुनचाँदीको मुल्य कति छ ?

लगानीबक्स २०८३ जेठ २५ ११:४० पूर्वाह्न

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको हो भने चाँदीको भाउ तोलमा १० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज ४ हजार ९०५ रुपैयाँ तोकिएको छ । हिजो आइतबार छापावाल सुन तोलाको ३ लाख ८०० रुपैया तथा चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतर चढावका आधारमा नेपालमा सुन चाँदीको भाउ निर्धारण हुने गरेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस ४ हजार ३११.३० डलर तथा चाँदीको भाउ प्रतिऔँस ६७्६५ डलर रहेको छ ।