काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो।
मूल्यमा भएको यस वृद्धिसँगै मंगलबार (जेठ २६ गते) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार (जेठ २५ गते) सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९२५ रुपैयाँ पुगेको छ। यसअघि सोमबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ९०५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

