काठमाडौं । आज सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । यसअघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

