काठमाडौं । कृषि विकास बैंक लि. बैंक सञ्चालक समितिबाट बैंक सञ्चालक समितिको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्ति भएका छन् । नवनियुक्त अध्यक्ष निजामती सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गर्नु भएको छ ।
पाण्डेयसंग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा कार्य गरेको अनुभवसमेत रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनुपर्ने प्रावधानअनुसार अध्यक्ष पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डित, कार्यकारी निर्देशकहरू क्रमशः रामु पौडेल, गुरुप्रसाद पौडेल, दीर्घ बहादुर रावल, मुक्ती नाथ सापकोटा, निर्देशक मीरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरण कुमार अधिकारी, कृषि विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थित थियो ।

