२०८३ असार २८ | ११:३१ AM
आज फेरि सुनचाँदीकै भाउ घट्यो

आज फेरि सुनचाँदीकै भाउ घट्यो

लगानीबक्स २०८३ असार ३ ११:४७ पूर्वाह्न

काठमाडौं । आज सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ मंगलबार तोलामा ३ सय र सोमबार तोलामा पाँच हजार रुपैयाँ बढेको थियो। आइतबार पनि सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको थियो। ३ दिनमा ६५ सय बढेको सुनको भाउ आज घटेको हो। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो।