शुक्रबार, ५ भदौ २०८३ | ९:१८ AM
सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त : पूर्वप्रधानमन्त्री देउवा

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त : पूर्वप्रधानमन्त्री देउवा

लगानीबक्स २९ साउन २०८३ ८:१६ अपराह्न

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय मिल्नेमा पूर्ण विश्वास रहेको बताएका छन्।

शुक्रबारदेखि सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनको नाममा पार्टीको विधि, विधान र पद्धति मिचिएको आरोप लगाए। उनले कांग्रेसभित्रको विवाद अहिले पुनरावलोकनका लागि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप टिप्पणी नगर्ने बताए ।