मंगलबार, ३० भदौ २०८३ | १२:२१ PM
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

लगानीबक्स ३० भदौ २०८३ ११:४४ पूर्वाह्न

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरको हो ।

हाल कम्पनीको चुक्तापूँँजी ३४ करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र १७ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित लाभांश कमपनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस कम्पनीले गत असार ११ गते सर्वसाधारण शेयरधनीहरुमा आईपीओ बाँडफाँट गरेको हो । आईपीओ जारी गरेको वर्षनै लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो । यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले वाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरु बजारमा विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले दैनिक १४ दशमलव ३ मेट्रिक टक पेन्ट उत्पादन गर्दै आएको छ ।