काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा नियुक्त गरेको छ।
करिब १७ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धक थिए। बैंकले उनको रणनीतिक योजना, जोखिम व्यवस्थापन र डिजिटल बैंकिङसम्बन्धी अनुभवले संस्थागत विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

