बुधबार, ३१ भदौ २०८३ | १:५२ PM
सुन तोलामा १ हजार ७ सय र चाँदी ८५ रुपैयाँले…

सुन तोलामा १ हजार ७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो

लगानीबक्स ३१ भदौ २०८३ १२:२० अपराह्न

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२१.५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६४.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।