काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको भदौ ३१ गते कायम अन्तिम शेयरमूल्य प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसाको आधारमा मूल्य समायोजन गरी प्रतिकित्ता ६९२ रु्रपैयाँ ८६ पैसा तोकेको हो ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि असोज १४ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले असोज १ गते बिहीवार बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

