बिहीबार, १ असोज २०८३ | ११:०३ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

लगानीबक्स १ असोज २०८३ ८:४६ पूर्वाह्न

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहीवार बिहान ७;३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।विपद्पछिको पुनर्निर्माण लगायत

दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
भ्रमण तालिका: बिहीवार

-५:००-बजे: भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।

शुक्रवार
-बिहान ९ बजे: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
-५:००बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।

-७:३० बजे; भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत भेटघाट कार्यक्रममा सहभागी ।

शनिवार
-९:३० बजे ; भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।

-११:३० बजे ; दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
-साँझ ४ बजे नेपाल फिर्ता ।

भ्रमण टोलीका सदस्यहरु
सहसचिव: अमृत लम्साल-अर्थ मन्त्रालय।
सहसचिव: गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय ।
उप नियोग प्रमुख : डा.सुरेन्द्र थापा,नेपाली राजदूताबास नयाँदिल्ली ।
इकोनोमिक्स मिनिस्टर: तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली ।
उपसचिव: कञ्चन बस्नेत, निजी उप सचिव, माननीय अर्थमन्त्री ।