काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गएको माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीको उच्चतम मूल्य पनि सोही दिन प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो।

