बिहीबार, १ असोज २०८३ | १२:४८ PM
युनाईटेड मोदी हाइड्रोपावरलाई ५४.८ प्रतिशत हकप्रद निष्कासन गर्न विद्युत नियमन…

युनाईटेड मोदी हाइड्रोपावरलाई ५४.८ प्रतिशत हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति

लगानीबक्स सम्वाददाता १ असोज २०८३ ११:५२ पूर्वाह्न

काठमाडौं । विद्युत नियमन आयोगले युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडलाई ५४ दमलव ८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । यस कम्पनीले १ अर्ब २३ करोड ५ लाख रुपैयाँको आधारमा ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न गत वैशाख १४ गते आयोगमा निवेदन पेश गरेको थियो । आयोगले भदौ २५ गते कम्पनीलाई ५४ दमलव ८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्डमा जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनुपूर्व विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ । सोही व्यवस्था बमोजिम यस कम्पनीले आयोगको पूर्वस्वीकृति लिएको हो । अब कम्पनीले बोर्डले अनुमतिका लागि प्रक्रिया अघि बढाउनेछ ।

यस कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएकाले सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न आयोगले अनुमति दिएको हो ।