बिहीबार, १ असोज २०८३ | १२:४९ PM
लुम्बिनी विकास बैंकको २६ हजार ९७८ कित्ता संस्थापक शेयर सर्वसाधारणले…

लुम्बिनी विकास बैंकको २६ हजार ९७८ कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

लगानीबक्स १ असोज २०८३ ११:५९ पूर्वाह्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २६ हजार ९७८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि गत साउन २४ गते यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गरको थियो ।

सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण नभएको यी शेयर दोस्रो चरणमा असोज १ गतेदेखि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।