काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले पहिलो वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २०८२ साल असार २९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
भदौ ३१ गते अपरान्ह ३ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ छ ।

