बिहीबार, १ असोज २०८३ | १:०६ PM
लमजुङको भोरलेटारमा एक घण्टामै ४६.४ मिमि वर्षा, थप वर्षाको सम्भावना

लमजुङको भोरलेटारमा एक घण्टामै ४६.४ मिमि वर्षा, थप वर्षाको सम्भावना

लगानीबक्स १ असोज २०८३ १२:१५ अपराह्न

काठमाडौं । पछिल्लो एक घण्टामा लमजुङको भोरलेटारमा सबैभन्दा धेरै ४६.४ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसमसम्बन्धी जानकारीअनुसार बुधबार राति ८ः४० बजेसम्म गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

ती क्षेत्र तथा आसपासका स्थानमा मेघगर्जन र चट्याङसहित थप वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।