काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको गत वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस शेयर असोज १ गते नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले उक्त बोनस शेयर वापत्को १ लाख ११ हजार ६३९ कित्ता शेयर नेप्सेमा सूचीकृत गराइएको हो । कम्पनीले बोनस शेयर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत यो वर्ष वितरण गर्ने प्रस्ताव बोनसँगै पारित गरेको छ । असोज २ गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।

