बिहीबार, १ असोज २०८३ | ७:०६ PM
झण्डै १२ अंकले शेयर बजार उकालो लाग्यो

झण्डै १२ अंकले शेयर बजार उकालो लाग्यो

लगानीबक्स सम्वाददाता १ असोज २०८३ ६:१० अपराह्न

काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २१ दशमलव १९ अंकले खुम्चिएको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार भने ११ दशमलव ९३ अंकले उकालो लागेर २६ सय २४ दशमलव ३६ बिन्दुमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य सात अंकले उकालो लागेर चार सय ६५ दशमलव ७५ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३९ वटा कम्पनीहरुको ५१ हजार सात सय २८ पटकको कारोबारमा एक करोड ३६ लाख १० हजार चार सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ४९ करोड ९३ लाख १६ हजार छ सय ४३ रुपैयाँ कायम भएको छ ।