काठमाडौं । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सहकार्य, आपसी हितका विषय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटवार्तामा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो।

