शनिबार, ३ असोज २०८३ | २:०७ PM
सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो

लगानीबक्स सम्वाददाता २ असोज २०८३ ११:०५ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ थियो।
यससँगै शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।