काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।
नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप रहेको छ भने त्यसको मुनि ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि।सं। २०८२’ उल्लेख गरिएको छ भने गर्भनर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा १।२ मिलिमिटर चौडा सुरक्षा धागो राखिएको छ, जसमा ‘ल्च्द्य’ लेखिएको छ। नोटको पछाडिको भागमा हिँड चितुवाको चित्र तथा त्यसमाथि ‘ल्भ्एब्ी च्ब्क्त्च्ब् द्यब्ल्प्’ लेखिएको छ। तल्लो भागमा ‘च्ग्एभ्भ्क् ँक्ष्ँत्थ्’ र सिरिज नम्बर ‘द्दण्द्दछ ब्।म्।’ उल्लेख गरिएको छ।

