शुक्रबार, २ असोज २०८३ | ६:४२ PM
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले असोज २३ गते ५.२६ प्रतिशत लाभांश पारित…

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले असोज २३ गते ५.२६ प्रतिशत लाभांश पारित गर्ने

लगानीबक्स सम्वाददाता २ असोज २०८३ ४:१७ अपराह्न

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली ,काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।