काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ। यस दिन ३४५ वटा कम्पनीका २ करोड १२ लाख ७२ हजार कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन कारोबार रकम १ अर्ब ३६ करोड रुपैयाँले बढेको हो।सो दिन सेन्सेटिभ इन्डेक्स २.३२ अंकले बढेर ४४७.९९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२० अंकले बढेका छन्।
११ उपसमूह बढे
यस दिन नेप्सेका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक बढेको छ भने २ वटा उपसमूह घटेका छन्।बैंकिङ समूह १.५९ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, जलविद्युत ०.८५ प्रतिशत, लगानी ०.१० प्रतिशत, जीवन बीमा १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, लघुवित्त ०.७५ प्रतिशत, म्युचुअल फन्ड ०.१९ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत र व्यापार समूह ०.८५ प्रतिशतले बढेका छन्।
यता वित्त समूह ०.०२ प्रतिशत र अन्य समूह ०.११ प्रतिशतले घटेका छन्।
स्नो रिभर्सको सेयरमूल्य सर्वाधिक बढ्यो
यस दिन स्नो रिभर्स लिमिटेडको सेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.८१ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको ८.८४ प्रतिशतले बढेको छ।
यता कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबारमा कुमारी बैंक अगाडि
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

