शुक्रबार, २ असोज २०८३ | ६:४३ PM
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

लगानीबक्स सम्वाददाता २ असोज २०८३ ५:४४ अपराह्न

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठले गत वैशाखदेखि प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। उनी नेपाल विद्युत् प्राधिकरणकै कर्मचारी हुन्। निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदै आएका श्रेष्ठलाई मन्त्रिपरिषद्को निर्णयसँगै कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो।