आइतबार, २५ असोज २०८३ | ३:३२ PM
साझा यातायातद्वारा ३० रात्रिकालीन बस सञ्चालन, ६ रुटमा सेवा विस्तार

साझा यातायातद्वारा ३० रात्रिकालीन बस सञ्चालन, ६ रुटमा सेवा विस्तार

लगानीबक्स ३ असोज २०८३ १०:०० अपराह्न

काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक बस सेवा विस्तार गर्दै ३० वटा बस सञ्चालनमा ल्याएको छ। यसअघि सीमित रुटमा सञ्चालन हुँदै आएको रात्रिकालीन सेवा अब थप रुटमा विस्तार गरिएको हो।

साझा यातायातका अनुसार रातिको समयमा यात्रुलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले ६ वटा मुख्य रुटमा बस सञ्चालन गरिएको छ।

सञ्चालनमा ल्याइएका रुटहरू:

भक्तपुर–ठमेल

बुढानिलकण्ठ–गोदावरी

रिङरोड परिक्रमा

कीर्तिपुर–जमल

टाखेल–ठमेल

एयरपोर्ट–नागढुंगा