काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हायात प्लेस, बुटवल, रुपन्देहीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कम्पनीले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लाृेजको आधारमा असोज १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

