सोमबार, ५ असोज २०८३ | १:११ PM
हिमालयन बैंकले ८ लाख ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर…

हिमालयन बैंकले ८ लाख ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

लगानीबक्स ५ असोज २०८३ १२:१५ अपराह्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ८ लाख ५० हजार १२४ दशमलव ५७ कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्तामा विक्री गर्ने भएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्रीका लागि ३५ दिने सूचना जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।

विभिन्न चार जना शेयरधनीहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक खरीदकर्ताृहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयर विक्रीका लागि कम्पनीले असोज ५ गते सूचना जारी गरेको हो ।