काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँमा झरेको हो ।
यता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

