सोमबार, ५ असोज २०८३ | १:५६ PM
डाटा सेन्टरमा समस्या , आज नेप्से नखुल्ने

डाटा सेन्टरमा समस्या , आज नेप्से नखुल्ने

लगानीबक्स ५ असोज २०८३ १:०७ अपराह्न

काठमाडौं । आज नेप्से नखुल्ने भएको छ । सबै ब्रोकर कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालिमा असोज ४ गतेदेखि देखिएको प्राविधिक समस्या समाधानका लागि सोमवार नेप्से बन्द गरेरै समाधानको कार्य गर्न लागिएको हो ।

नेप्सेका अनुसार आइतवारदेखि समस्या समाधानको पहल भैरहेको भएतापनि हालसम्म समाधान भैनसकेकाले यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकाले सोमवारको कारोबार स्थगत गर्ने निर्णय गरिएको हो ।

सोमवारको कारोबार स्थगन गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको जानकारी नेप्सेले सूचनामार्फत गराएको छ