काठमाडौं । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबारदेखि नियमित सेयर कारोबार पुनः सञ्चालन हुने भएको छ। नेप्सेका ७२ वटा कारोबार सदस्य ब्रोकर कम्पनीहरूको सर्भर राखिएको ‘डाटा हब प्रालि’मा असोज ४ गतेदेखि देखिएको प्राविधिक अवरोध हटेको जानकारी प्राप्त भएपछि नेप्सेले असोज ६ गतेदेखि नियमित कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि ब्रोकर कम्पनीहरूको सर्भर डाउन हुँदा नेप्से प्रणालीमा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै असोज ५ गते सोमबारको नियमित कारोबार पूर्ण रूपमा स्थगित गरिएको थियो। प्राविधिक समस्या समाधान भई प्रणाली पुनः सुचारु भइसकेकाले आजदेखि नियमित समयमै धितोपत्र खरिद–बिक्री कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ।

