काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको तेस्रो दिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ तथा प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९४ रुपैयाँ कायम भएको छ।

