मंगलबार, ६ असोज २०८३ | ८:५९ PM
मिड सोलु हाइड्रोपावरको लाभांश प्रस्ताव सार्वजनिक 

मिड सोलु हाइड्रोपावरको लाभांश प्रस्ताव सार्वजनिक 

लगानीबक्स ६ असोज २०८३ ११:३६ पूर्वाह्न

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।