काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्तावित लाभांश असोज २८ गते पारित गर्ने भएको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । असोज १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चक्तापूँजीको आधारमा साधारण शेयरधनीहरुका लागि कुल २० प्रतिशत र अग्राधिकार शेयरधनीका लागि ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले निश्चित लाभांश तोकेर जारी गरेको अग्राधिकार शेयरधनीका लागि कर समेत ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
साधारण शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव गरिएको कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको साधारण शेयरपूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार रुपैयाँ छ भने अग्राधिकार शेयरपूँजी ३ अर्ब ५० करोड रुपैयाँ छ । गत वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
उल्लेखित लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

