काठमाडौं ।सात अंकले बढ्यो शेयर बजारशेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसुचक सात दशमलव शुन्य छ अंकले उकालो लागेर २६ सय ५४ दशमलव २८ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले उकालो लागेर चार सय ७३ दशमलव ७९ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५६ वटा कम्पनीहरुको ६० हजार छ सय ९१ पटकको कारोबारमा दुई करोड १५ लाख ८९ हजार सात सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब पाँच करोड तीन लाख ९८ हजार छ सय २४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेकोमा बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, लगानी, लघुवित्त र अन्य समुहको सुचक उकालो लागेका छन् ।

