मंगलबार, ६ असोज २०८३ | ९:४२ PM
प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

लगानीबक्स ६ असोज २०८३ ८:५६ अपराह्न

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाटै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गर्नुभएको हो।

सो क्रममा यात्राका क्रममा अध्ययनका लागि कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री वाग्लेले पल केनेडीले लेख्नुभएको ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ पुस्तक हस्तान्तरण गर्नुभएको थियो।

आजै साँझ ७:०० बजेको उडानमार्फत प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। उहाँले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँ असोज १० गते नेपाल फर्किने कार्यतालिका छ।