मंगलबार, ६ असोज २०८३ | ९:०० PM
कार्यवाहक प्रधानमन्त्री,रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्री,रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई

लगानीबक्स ६ असोज २०८३ ८:५९ अपराह्न

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्हाल्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि उहाँको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई तोक्नुभएको हो।

साथै, प्रधानमन्त्रीज्यूले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्रीलाई नै सरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन सोमबार अमेरिका प्रस्थान गर्नुभएका परराष्ट्र मन्त्री शिशिर खनालको कार्यभार पनि अर्थमन्त्रीलाई नै तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले खनालको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार साेमबार अर्थमन्त्रीलाई नै तोक्नुभएको थियो।