बुधबार, ७ असोज २०८३ | १:०६ PM
सुनको मूल्य १ सय र चाँदी ४० रुपैयाँले बढ्यो

सुनको मूल्य १ सय र चाँदी ४० रुपैयाँले बढ्यो

लगानीबक्स ७ असोज २०८३ ११:२२ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला ३ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो वृद्धिसँगै सुनको मूल्य पुनः उकालो लागेको हो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको थियो।