बुधबार, ७ असोज २०८३ | ११:१८ PM
कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक…

कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच भेटवार्ता

लगानीबक्स ७ असोज २०८३ ९:३३ अपराह्न

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका क्रममा दुई देशबीचको आर्थिक चासोका विषयमा छलफल भएको थियो। सो भेटमा अर्थ सचिव डा‍.घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।