बुधबार, ७ असोज २०८३ | ११:१७ PM
असोज ६ सम्म भन्सार विभागले उठायो १ खर्ब २ अर्ब…

असोज ६ सम्म भन्सार विभागले उठायो १ खर्ब २ अर्ब राजस्व, ५ खर्ब २७ अर्ब असुल गर्न बाँकी

भन्सार विभागले असोज ६ सम्म १ खर्ब २ अर्ब राजस्व संकलन गर्‍यो

लगानीबक्स ७ असोज २०८३ ९:४४ अपराह्न

भन्सार विभागले असोज ६ सम्म १ खर्ब २ अर्ब राजस्व संकलन गर्‍यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। विभागका अनुसार चालु आर्थिक वर्षका लागि निर्धारित ६ खर्ब २८ अर्ब रुपैयाँ वार्षिक राजस्व लक्ष्यमध्ये हालसम्म उक्त रकम असुली भएको हो।

विभागले चालु आर्थिक वर्षमा अझै ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको जनाएको छ। तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालन हुन नसकेको अवस्थामा पनि राजस्व संकलनमा उल्लेखनीय प्रगति भएको विभागको भनाइ छ।

भन्सार विभागले प्रतिकूल परिस्थितिका बीच सम्पूर्ण भन्सार प्रशासनको सक्रिय प्रयासबाट असोज ६ गतेसम्म १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

विभागका अनुसार आगामी दिनमा बाँकी ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई प्राथमिकतामा राख्दै लक्ष्य प्राप्तितर्फ आवश्यक प्रयास केन्द्रित गरिनेछ।