बिहीबार, ८ असोज २०८३ | १:११ PM
जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भए

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, मानवीय क्षति भए

लगानीबक्स सम्वाददाता ८ असोज २०८३ ११:३५ पूर्वाह्न

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको ९एन–एजे जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएपछि दुर्घटना भएको हो। चक्का खुस्किएपछि जहाज केही पर उछिट्टिएको प्रहरीले जनाएको छ।

जहाज अनियन्त्रित भएपछि पाइलटले तत्काल इन्जिन बन्द गरेका थिए। समयमै इन्जिन बन्द गरिएकाले जहाजमा आगलागी हुनबाट जोगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जहाज अहिले पनि विमानस्थलको रनवेमै रहेको छ। घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।